२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

कैलालीमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै  सार्वजनिक यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने कैलाली प्रशासनले जनाएको छ । असार ८ गतेदेखि भने स्वास्थय मापदण्ड अपनाएर सरकारी कार्यालय सञ्चालन गर्ने समेत निर्णय भएको  सूचना अधिकारी जोशीले जानकारी दिए । बिहान ११ बजे सम्म खुल्ला रहदै आएका सबै पसल यथावत सञ्चालन गर्न सकिने समेत जनाएको छ ।

कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको सूचना अधिकारी जोशीको भनाई छ  । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।