झलारी- झलारीपिपलाडी उद्योग बाणिज्य संघ द्वारा शुक्लाफाटा नगरपालिकाको कार्यालयसंग कार्यक्रमको माग राखेको छ ।



नगरपालिकाको आउदो नगर सभा बाट उद्योग बाणिज्य संघ लाई कार्यालय सहितको भवन निर्माणको लागि शुक्लाफाटा नगरपालिका वडा नम्बर १० मा रहेको खुलामञ्च पछाडी रहेको जमिन तोकि आवश्यक बजेट बिनियोजन गरिदिने बारे,नगरपालिका भरिका उद्योगि व्यापारी बर्गलाई करको दायरामा ल्याउन गोष्ठी,अभिमुखीकरण कार्यक्रम को लागि बजेट बिनियोजन गरिनुपर्ने,नगरपालिका भरी व्याबसायी सर,पटके कर,घर बहाल कर उद्योग बाणिज्य संघ ले उठाउन पाउनुपर्ने र त्यस्को ५० प्रतिशत झलारीपिपलाडी उद्योग बाणिज्य संघ लाई प्रदान गरिनुपर्ने,नगर क्षेत्र भरिका पर्यटकिय क्षेत्र को संरक्षण र सम्बर्द्धन संगै प्रचारप्रसार को लागि आवश्यक बजेट बिनियोजन गरिनु पर्ने,बजार क्षेत्रमा शौर्य बत्ती र सि सि टिभी जडान तथा मर्मतको लागि आवस्यक बजेट बिनियोजन गरिनुपर्ने,बनसमिती बजारमा सार्वजनिक शौचालय र प्रहरी बिटको लागि आवस्यक बजेट बिनियोजन गरिनुपर्ने ,सम्पुर्ण बजार क्षेत्र मा फोहोर ब्यवस्थापनको लागि डस्ट्बिन र झलारी खुलामञ्चमा सार्वजनिक शौचालयको लागि बजेट छुट्टाउनु पर्ने,ब्यावसायीहरुको लागि सिपमुलक तालिम संचालनको लागि बजेटको प्रबन्ध मिलाउनुपर्ने,ब्यापारीहरु कोभिडको कारण मर्कामा परेको हुदा कर छुटको ब्यवस्था हुनुपर्ने ,अटो तथा बसपार्क ब्यवस्थापनको लागि बजेट को ब्यवस्थापन गरिनुपर्ने लगायत विभिन्न १२ बदे मागहरू राखी आइतबार झलारी पिपलाडी उद्योग बाणिज्य संघ को टिमले शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख,उपप्रमुख एवम प्रशासकीय अधिकृत समक्ष सस्थागत मागहरु पेश गरिएको संघ का अध्यक्ष हरेन्द्र कुमार भण्डारी ले बताए।

























