२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

यस्तो छ तपाईको सोमबारको भाग्य, असार ७ गतेको राशिफल हेर्नुहोस्

मेष – परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिएकाले सजग रहनुहोला ।

बृष – सानो काममा अलमलिनुपर्दा विशेष अवसर गुम्न सक्छ। चिताएको काम रोकिनेछ भने अरूका लागि बुद्धि र समय खर्चनुपर्नेछ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। बेसुरको निर्णयले समस्यामा पार्न सक्छ। आफ्ना विषयमा अनायासै अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

मिथुन – धन तथा ज्ञानको भण्डार बढ्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। भाग्यले प्रेमपात्र जुराउनेछ। विभिन्न भौतिक साधन पनि प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यापारमा लाभ लिने समय छ। व्यवसायले पनि यात्रा गर्ने अवसर दिलाउन सक्छ ।

कर्कट – अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुस्ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला ।

सिंह – अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार(व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ ।

कन्या – बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोगले जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

तुला – सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला ।

बृश्चिक – बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु – तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ ।

मकर – केही खर्च भए पनि काममा लगानी बढाउने समय छ । तत्काल उद्देश्य भने पूरा नहुन सक्छ । सोखले खर्च बढाउनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । तापनि चिताएको काम सम्पादन गर्न सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।

कुम्भ – काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । आज पछि फाइदा हुने काम प्रारम्भ होला । ऋण मोचन हुन सक्छ । व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । तर, तत्काल फाइदा उठाउँदा सञ्चित लाभांश घट्न सक्छ ।

मीन – आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साइनो गाँस्नेहरूले भने दुख दिन सक्छन्, सजग रहनुहोला ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।