२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डोटीमा पहिरोमा परि दुई बालबालिकाको मृत्यु

डोटी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताउनु भएको छ ।
बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए । च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो ।
बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।