२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने

काठमाण्डौ – अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । 

देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही  ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अहिलेको मौसम खुल्न अझै दुई/तीन लाग्ने तर पानी भने कम पर्ने मौसमविद् अर्यालको भनाइ छ । 

अबको २४ घण्टाभित्र प्रदेश-१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ । 

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।