सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज (मंगलबार) ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट २९ अर्ब रुपैयाँको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेको बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ । प्रदेश सरकारले चालु आव २०७७/७८ मा साढे ३३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट २८ देखि २९ अर्बका बीचमा आउने छ ।
आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज (मंगलबार) अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने भएको हो ।
भट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन् भने हाल मध्यान्ह दैनिक र सेभेन स्टार फोर के टिभिमा कार्यरत रहेका छन् ।
बिशेष गरि पर्यटन, सामाजिक कुरुती बिरुद्ध र तथा कृषि सम्बन्धि समाचार लेख्ने गर्छन् ।