२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

खबरदारी मिडाया हाउसले वृक्षारोपण गरेर मनायो विश्व वातावरण दिवस

जनक महरा /कैलाली- ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ खबरदारी मिडिया हाउसले आज विश्व वातावरण दिवस मनाएको छ ।

आज परेको दिवसमा मिडिया हाउसले डडेल्धुराको अमरगढि नगरपालिकाको घटालथान क्षेत्रमा वृक्षारोपण गरेको छ ।

कार्यक्रममा मिडिया हाउसका प्रमुख दिपकराज भट्ट (दिपु) , शिक्षक रमेश भण्डारी , अभियाना सुरत तमोली , युवा दिपक ओझा, प्रिन्स भट्ट ,चेतराज ओझा र स्थानियको सहभागी रहेको थियो ।

अभियानमा बाटविरुवा डिभिजन वन कार्यालय डडेल्धुराले उपलब्ध गराएको प्रमुख भट्टले जानकारी दिए ।

मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाईएको हो  । दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले  विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । 

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन  ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिकासाथ अग्रसर हुँदा र आफूलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको छ । 

उहाँले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारले विश्व वातावरण दिवसका अवसरमा मङ्गलबार नेपाल स्वच्छ वातावरण महाअभियानसम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्दैछ ।

 वृक्षारोपण  किन ?

मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ ।  वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।

वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ ।वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पुरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिदै आएको पनि पाइन्छ । हिन्दू धर्म अनुसार वर पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ । अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ । उता सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रिले महत्व पाइरहेको छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको हुन्छ  ।

वृक्षारोपणको इतिहास हेर्ने हो भने हजारौँ वर्षदेखि विभिन्न उद्देश्यका लागि गरिदैँ आएको पाइन्छ । क्रिश्चियनको धार्मिक ग्रन्थ बाइबलअनुसार अब्राहमले तामारिस्क बिरुवा रोपेको अभिलेख भेट्न सकिन्छ । यसैगरी श्रीलंकामा २२० बि.सीमा बोधी रुख रोपेको अभिलेख उल्लेख छ । वृक्षारोपण कार्यका केही उदाहरणहरुमा सन् १६८० मा श्रीलंकामा टिकको रोपण तथा सन् १८४३ मा भारतको निलगिरिमा मसलाको रोपण आदि हुन् । नेपालमा वृक्षारोपण कार्यक्रम पहिलो पञ्च वर्षिय योजनाबाट सुरुवात गरिएको हो ।

यसपछि विभिन्न समयमा विविध परियोजना मार्फत वृक्षारोपण गरिदैं आइएको छ । हेरक वर्ष वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगतका निकाय तथा सामुदायिक वन उपभोक्ता समुहहरुले वृक्षारोपण गर्दै आएका छन् । वृक्षारोपण गर्नका लागि जिल्ला वन कार्यालय तथा जिल्ला भूसंरक्षण कार्यलयहरुले निशुल्क विरुवाहरु समेत उपलब्ध गराइरहेका छन्  ।वृक्षारोपण कार्यको लागि सुरुमा स्थान छनौट गरी हावापानी, भौगोलिक अवस्था र माटोको गुणस्तर आदि ध्यानमा राखि आवश्यक प्रजातिहरु छनौट र आवश्यक संख्या यकिन गर्नुपर्दछ । वृक्षारोपण क्षेत्र छनौट गरेपछि चिस्यान भएको बेलामा खाल्डो खन्नुपर्छ ।

खाल्डो खन्दा करिव ३० से.मी गहिरो खाल्डो खन्नु पर्दछ । डाले घाँस वा फलफुलको लागि केही गहिरो खाडल आवश्यक रहन्छ । वृक्षारोपण कार्य लाइन, वर्गाकार र त्रिकोणत्मक ढाँचामा गर्न सकिन्छ । वृक्षारोपणमा विरुवाहरुको दुरी कति टाढा राखेर रोपण गर्ने भन्ने कुरा प्रजातिको वृद्घि दर, माटोको मलिलोपन, चिसोपना, प्रतिस्पर्धा, वन डढेलोको प्रकोप, वृक्षारोपणको उद्देश्य, उपलब्ध स्रोत र साधन, लागत आदिमा भर पर्दछ । नेपालमा वृक्षारोपणको लागी विरुवाहरु बीचको उपर्युक्त दुरी लम्बाई २.५ मी. र चौडाई २.५ मी. मानिएको छ । तर डाले घाँसको वृक्षारोपण गर्दा विरुवाहरु कम्तीमा ५ मी. र ५ मी. को फरकमा रोपिन्छ ।

वृक्षारोपणका लागि प्रजाति छनौट गर्दा स्थानीय जलवायुको अवस्था, माटोको अवस्था, व्यवस्थापन, बजारको माग र आपूर्ति, बिरुवाको वृद्धि दर, बिरुवाको उपलब्धता र लागत आदि कुराहरु ध्यानमा राख्नु पर्ने हुन्छ ।वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपु¥याई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पु¥याएको छ । वृक्ष चराचुरुङ्गीदेखि लिएर जंगली जनावर समेतको वासस्थान हो । यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेका छन् । वृक्ष प्रकृतिको अनुपम उपहार हो ।

यो उपहारलाई विस्तारका लागि रोपण गर्नु अत्यावश्यक छ । हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यता नै छ । यो मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको छ । हाम्रा परम्परागत ज्ञान सिप तथा संस्कारले पनि वृक्षारोपणको कार्यलाई राम्रो मान्दछन । वृक्षारोपणको कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेरिने गरिन्छ । वृक्षारोपणले एकातर्फ घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराएको छ भने अर्को तर्फ सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पु¥याएको छ । अहिलेको असार श्रावणको महिना वृक्षारोपण गर्ने उपयुक्त समय हो ।

यो समयमा मानव जीवनलाई हितकारी बनाउने वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्दछ । टोल टोलका खाली क्षेत्र, सडक किनारा, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरी पुण्य कमाउने कार्य गर्नुपर्दछ । अहिले हामीले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावि पिंडीका लागी सम्पत्ति बन्दछ । सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आआफ्नो समुदायमा वृक्षारोपणको व्यापक अभियान चलाउँ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।