धनगढी – धनगढी उपमाहानगरपालिका ७ रहेको दृष्टी फाउन्डेसलाई सामाजीक अभियन्ता यशोदा भट्टले सहयोग गरेका हुन । उनले आफ्नो श्रीमानको ३४ औं जन्म जयन्तीको सम्झनामा दृष्टी फाउन्डेसलाई सहयोग गरेको हो ।



जस्मा ३ बोरा चामल ,३ केजि दाल, ३ लिटर तेल लगाएतका सामाग्री सहयोग गरेकि हुन । पछिल्लो समयमा कोरोनाको माहामारिमा गरिब दिनदुखीको भगवान बन्दै आएकी भट्ट आफुले सहयोग गर्न पाउदा निकै खुसी भएको बताइन् ।

उक्त जन्मजयन्तीको अवसरमा बोल्दै फाउन्डेसनकि सन्चालिका कल्पना भट्ट भन्नु हुन्छ “जिवन भनेकै दुख, सुख,हासो,खुसीको समिशरण हो , जिन्दगीको यात्रामा थुप्रै उतारचढावहरु आउछन् त्यस्लाइ चिर्दै अगाडि बढ्न सक्नु नै ठुलो माहान्ता हो” ।
धनगढी उपमाहानगर पालिकामा रहेको दृष्टी फाउन्डेसनले बिगत ५ बर्ष देखि बालबालिकाका र मानसिक सन्तुलन गुमाएका महिला हरुको स्याहार गर्दै आएको छ ।


























