२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्वास्थ्यकर्मीद्वारा घरदैलो सेवा सञ्चालन

दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्वास्थ्यकर्मीद्वारा घरदैलो सेवा सञ्चालनदार्चुला अपिहिमाल गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका छन् ।

कोभिड सङ्क्रमित भएकाहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका हुन् । गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन ।

एकाएक जिल्लाकै विकट गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो ।

पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड–१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो ।

सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा व्यस्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए । स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ ।

रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको अपिहिमाल–३ का जवनी कार्कीले बताए । गाउँपालिकाले गाउँपालिकाअन्तर्गत स्वास्थ्य संयोजक धामीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाएको छ ।

यस्तै वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।

यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।