२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

कृष्णपुर नगरपालिका २ को वडा कार्यालय भवन निर्माणमा तिब्रता

जनक महरा/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ को वडा कार्यालयको भवन निर्माण तिब्रताले पाएको छ । २०७६ साल मंसिर महिनामा ठेक्क सम्झौता भएको हो ।
ठेक्क सम्झौता सगैं निर्माण कार्य सरु भएको वडा कार्यालयको भवनले कोरोना महामारीका बिच समेत निरन्तरता पाएको छ । स्थापना भए देखी भाडाको घरबाट नागरिकलाई सेवा दिन गाह्रो हुने गरेकोमा नयाँ भवन बने सहज हुने कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जय नारायण जोशीले बताएका छन् ।

कृष्णपुर नगरपालिका भित्रका ५ ओटा वडामा एक करोड भन्दा बढीको लगानीमा अत्याधुनिक भुकम्प प्रतिरोधात्मक भवन युरोपियन सैलिमा निमार्ण गरिएका छन् । लामो समय भाडाको घरबाट सेवा लिन समस्या हुने गरेको र अहिले वडा कार्यालयको भवन बन्ने भएपछी स्थानिय खुशी भएका छन् ।

वडा नं. २ को वडा कार्यालयको भवन निर्माण कार्य यसै आर्थिक बर्ष भित्र सम्पन्न् गर्ने लक्ष्य रहेको छ । नगरपालिकामा बाकि रहेका वडा नं.६, ८ र ९ वडा कार्यलयहरु पनि चालु आर्थिक बर्षमा ठेक्क सम्झोता गरि निमार्ण कार्य सुरु गर्ने कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिएका छन् ।

श्री रस्मी बिल्डर प्रा.लि महेन्द्रनगरले एक करोड १२ लाख ३७ हजार एक सयको सम्झौतामा वडा कार्यालयको भवन निमार्ण सरु गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।