२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई हुनसक्छ स्ट्रोक र मुटु रोग : डब्ल्यूएचओ अध्ययन

एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।

लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगका कारण मानिसहरुको मृत्यु हुने गरेको दाबी गरिएको छ ।

रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसहरुमा बढी यस्तो समस्या देखिएको छ । कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एक हप्तामा ५५ घण्टा वा त्योभन्दा धेरै काम गर्नेहरुमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानले देखाएको हो । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो कमै पाइएको बताइएको छ ।

यो अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०सँग मिलेर गरिएको अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएकामध्ये तीन भागजतिको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ ।

प्रायः मृत्यु भने जीवनको उत्तरार्धतिर अर्थात् लामो समय काम गरेको दशकौँ पछि भएको पाइएको छ । बीबीसीबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।