२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

छिमेकी मुलुकहरुमा प्रभाव बढ्दै : सुदूरपश्चिम उच्च जोखिममा

कञ्चनपुर,३१ चैत । लामो समय कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र उकासिन नपाउँदै कोरोनाको दोस्रो लहर सुरु भएको छ । कोरोना महामारीको दोस्रो लहरले भारत लगायत नेपालका अन्य छिमेकी मुलुकहरुमा प्रभाव बढ्दै गएको छ ।छिमेकी राष्ट्र भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढेसँगै रोजगारीको लागि भारत गएका नेपाली नागरिकहरु पनि स्वदेश फर्किन थालेका छन् ।

भारतको विभिन्न शहरहरुमा कोरोनाको दोस्रो लहरको बढ्दो प्रभाव भएपछि पश्चिमी सिमानाका गड्डाचौंकीमा नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरु बढेका छन् ।सुदूरपश्चिमेलीको महान पर्व बिसु पर्व मनाउन आउने नेपाली नागरिकको भिड लाग्ने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फाल्गुन २४ गतेपछि हाल सम्म गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने नेपालीको सङ्ख्या १९ हजार ५ सय ९२ रहेको छ । स्वास्थ्य कार्यालयले कोरोना महामारीको दोस्रो लहरमा कोरोनामा संक्रमण दर तिव्र भएको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ । 

लामो समय कोरोना महामारीका कारण बन्द रहेको सिमाक्षेत्र सञ्चालन भएको केही समय नवित्दै कोरोनाको दोस्रो लहर सुरु भएपछि भने चौतर्फी समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा बिसु पर्वलाई दशैं तिहार भन्दा बढी महत्वका साथ मनाउने गरिन्छ । सिस्नु खेल्ने परम्परा रहेको बिसुमा सिस्नु पानी नलगाए वर्षभरिमा रोगव्याध लाग्ने मान्यता अनुरुप साली भेना तथा भाउजू र देवर खोज्दै सिस्नो लगाउने चलन रहेको छ । साली–भेना तथा देवर भाउजू नभएकाहरुले बिहानै नजिकैको धारा वा पधेरीमा गएर सिस्नु पानीमा चोप्दै आफैँ लगाउने संस्कृति रहेको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख सुनारले सुदूरपश्चिमा मनाइने बिसु पर्व तथा नयाँ वर्षको अवसर पारेर दैनिक रुपमा हजार देखि पन्ध्र सय जना मानिसहरु भारतबाट आउने क्रम रहेको र नाका क्षेत्रमा नै सामान्य स्वास्थ्य चेकजाँच गर्ने गरेको जानकारी दिए ।

“कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि पश्चिमी सिमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नागरिक प्रत्येक दिन बढ्दै गएका छन् , हिजो आज मात्रै दैनि रुपमा उत्ता नाका भएर १५ सयका दरले मानिसहरु आउने क्रम बढ्दै गएको छ ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “दैनिक रुपमा सिमानाका क्षेत्रमा नेपाल प्रवेश गर्ने नागरिकहरुको डाटा संकलन गर्ने तथा सामान्य स्वास्थ्य चेकजाँच गर्ने कार्य गरिरहेको अवस्था छ, यस्तै शंकास्पद व्यक्तिहरुलाई भने एन्टिजीन टेष्ट गर्ने व्यवस्था मिलाइएको अवस्था छ ।”

भारतबाट नेपाल आउने नागरिकहरु माथि पनि भारतको बढी संक्रमित स्थानबाट स्वदेश आएको नेपाली नागरिकलाई पनि सिमानाका क्षेत्रमा एन्टिजीन टेष्ट गरिने वयवस्था गरिएको छ । एन्टिजीन टेष्ट मार्फत कोरोना पोजेटिभ देखिएका नागरिकलाई उचित स्वास्थय मापदण्ड अनुसार एम्वुलेन्समा ल्याएर महाकाली अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिरहेको स्वास्थय कायाृलय प्रमुख सुनारले बताए ।

सिमानाकामा आवत जावत गर्ने क्रम बढेपछि भने कोरोना महामारीको जोखिम पनि बढेको छ । जिल्लामा हाल सम्म १ हजार ८ सय ७२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ६० जना एन्टिजीन टेष्ट मार्फत कोरोना पोजेटिभ छन् भने ३३ जना पिसिआर टेष्ट मार्फत ३३ जना कोरोना पोजेटिभ छन् । यस्तै हाल सम्म कोरोना संक्रमित मध्ये १५ जनाको भने मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमित मध्ये २७ जना भने महाकाली अस्पतालमा आइसोलेसनमा उपचाररथ रहेका छन् भने बाँकी संक्रमित होम आइसोलेसनमा रहेको छन् । सिमानाका क्षेत्रमा कोरोना भारइसको परिक्षण अहिले एन्टीजीन कीट प्रविधिबाट गर्ने गरिएको छ । विगतमा स्वाव परिक्षण गर्न गरिएको पिसिआर प्रविधि भन्दा सहज र तत्काल हुने भएकोले एन्टीजीन किट प्रविधिबाट स्वाव लिएर कोरोना परिक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

कोरोनाको दोस्रो लहर बाहिरी देशमा उच्च रहेको अवस्थामा नेपालमा पनि महामारी फैलिन सक्ने सम्भावना उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले जानकारी दिए । सरकारको निर्देशन अनुसार चैत्र पाँच गते देखि सिमानाका क्षेत्रमा चेकजाँच तथा अधिलेखिकरण गर्ने भन्ने निर्देशन आएको भएपनि स्वास्थ्य कार्यालय कञ्चनपुरले भने फाल्गुन २४ गतेदेखि नै स्वास्थ्य चेकजाँच अभिलेखिकरण गर्ने गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट भने भिडभाड गर्न नहुने र जनस्वास्थ्य सम्बन्धि लगायतका मापदण्ड पालना गनुपर्ने आदेश जारी गरेको छ । सिमानाकामा एकतर्फी नेपाल प्रवेश गर्ने नेपाली नागरिकको भिड बढ्नेक्रम भएपछि कोरोना संक्रमण फैलिन नदिन सिमानाका क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

“भारतबाट स्वदेश फर्कने जतिपनि नेपाली नागरिक छन्, तिनिहरुको सामान्य स्वास्थ्य परिक्षण छुट्टै गर्ने व्यवस्था मिलाइएको छ, यो सँगै विभिन्न मापदण्ड पालना गराउन पनि प्रजिअ मार्फत आदेश जारी गरिएको छ ।” जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी कृष्णानन्द जोशीले भने, “कोरोना परिक्षणककै क्रममा गड्डाचौकी नाका र गौरीफान्टा नाका दुवै स्थानमा स्थानिय तहसँगको समुन्वयमा एम्बुलेन्सको सुविधा मिलाइएको छ, यस्तै संक्रमण हुन नदिन आवशयक कार्यहरु पनि भैरहेको अवस्था छ ।”

यस्तै कार्यालयले विभिन्न जिल्लाका स्थानिय निकायहरु सँग समुन्वय गरेर आइसोलेसन बनाउने कुरालाई पनि प्राथमिकता दिएको सुचना अधिकारी जोशीले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।