२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डोटीका एक दर्जन सामुदायिक वनमा डढेलो

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए।

यहाँका जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीयवासी मोहन मल्लले बताए। उनले भने, ुपानी नपर्दा सुक्खा यामले जङ्गलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौँ हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ।ु

यहाँका स्थानीय तहमा जङ्गल क्षेत्रका दर्जनौं सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गएको छ। डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन्। यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।