२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ,१७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला ।

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरूलाई भरेबाट अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन ।’

यस्तै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा संकट नपरेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्‍यो भन्न नहुने धारणा समेत राखे। 

‘देशमा संकट पर्या छ रे। केपी ओलीलाई संकट पर्‍या होला, प्रचण्डलाई संकट पर्‍या होला, माधव नेपाललाई संकट पर्‍या होला, देशलाई कहाँ पर्‍यो संकट?,’ उनले प्रश्न गरे।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव भएर संकट पर्ने हो भने २० महिनापछि देशमा संकट पर्ने हो भन्दै प्रश्नसमेत गरे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।