२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते

धनगढी : महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दुर्घटनामा जिपधनी दार्चुलाको अपिहिमाल-५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

कैलालीको अत्तरियाबाट दार्चुला जाँदै गरेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका(३ सिल्लेगडा बजार नजिकै मंगलबार बिहान करिब ६ बजे दुर्घटना भएको हो।

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित चारजना सवार रहेका थिए। जिप चालक दार्चुलाको अपिहिमाल(५ का वीरेन्द्र धामी फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताइएको छ। ब्रेक फेल भएर जिप दुर्घटना भएको चौकीका इञ्चार्ज बमले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।