डोटी, १७ चैत्र । स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको छ ।



सवारी चालकहरुलाई चेकजाँच गर्नका लागि र विभिन्न घटनाहरुमा मादक पदार्थ सेवनबारे थाहा पाउन सहयोग पुगोस् भन्ने उद्धेश्यले स्वास्थ्य कार्यालय डोटी प्रमूख रमेश मलासीले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्ललाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ हस्तान्तरण गरेका हुन् ।
‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद दिंदै प्रहरी उपरिक्षक मल्लले ति मेशिनहरु जिल्लाका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उपयोगमा ल्याइने बताए ।
यसका साथै प्रहरीलाई विभिन्न खालका प्रविधिको आवश्यकता पर्ने भएकाले सुरक्षालाई प्रविधिकरण गर्न आफु पनि लागिरहेको प्रहरी उपरिक्षक मल्लले बताए ।
Views: 414

























