२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

सुदूरपश्चिम सरकार ढाल्ने कसरतमा ओली समूह

काठमाडौं, १७ चैत । नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् ।

एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ ।

सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो । तर, होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए ।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ ।

अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारी भइरहेको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।