दिपक राज भट्ट /डडेल्धुरा- पछिल्लो समयमा पानी नपरेपछि डडेल्धुराका वनहरुमा पनि अागलागी बढेकाे छ। सात स्थानिय तह रहेकाे डडेल्धुरामा वन क्षेत्रले करिव ७५% भुभाग अाेगटेकाे छ।



सुख्खायाम बढेसंगै त्यसकाे असर डडेल्धुराका वनहरुमा समेत परकाे हाे। डडेल्धुरामा वन सफाई गर्नुका लागि समेत वनकै सदस्यहरुले अागाे लगमउने एक जना सदस्य बताउछन्। अागलागिले डडेल्धुरामा रहेका वनमा कराेडाै मुल्यका रुख,जडिबुटी नष्ट भएका छन् भने चाराचुरङ्गि , जंगली जनावरका वासस्थान समेत सखाप भएका छन् ।
वनजंगलमा यसरी अागलागि गरेमा वा गराएमा नेपाल सरकारकाे नियम अनुसार वन ऐन,२०७६ बमोजिम वनमा आगो लगाउने ब्यक्तिलाई क्षतिको बिगो असुल गरि ६० हजार रुपैयाँ सम्म जरिवाना,तीन बर्ष सम्म कैद वा दुबै सजाय हुने ब्यबस्था रहेकाे डिभिजन वन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख विष्णुप्रसाद अाचार्यले जानकारी दिनुभयाे ।
कानुन कार्यान्वयनमा सबैले साथ दिएर याे सुख्खायाममा वनजंगल बचाउनु र अागलागिका घटना कम गर्नुमा सबैले सहयोग डिभिजन वन कार्यालय डडेल्धुराल अपिल समेत गरेकाे छ ।

























