२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

चैत २८ गते ‘अब धनगढी दौडन्छ’

धनगढी,१३ चैत । हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ हुने भएको छ । अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष भने हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । 

यस बर्ष धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरी तयारी सुरु गरीएको हो । हाप म्याराथुन चैत २८ गते आयोजना हुने धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए ।

म्याराथनको खुला दौडका अन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । कर्पोरेट मिडिया तर्फको दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । 

कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार राखिएको मुल आयोजक समितिका संयोजक मोहनराज ओझाले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।