२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण

काठमाडौँ,१३ चैत । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । शुक्रबार एक्कासी तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदूषण भएको दाहालले बताए ।वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए ।

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताए ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । वातावरण विभागले  काठमाण्डौ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढी लगायतका क्षेत्रमा वायु प्रदूषण बढ्ने यस अघि जनाएको थियो ।

घरबाट ननिस्कन स्वास्थ्यविद्को सल्लाह

यस्तो वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा स्वास्थ्यमा असर गर्ने हुँदा सतर्कता अनुपनाउनुपर्ने  डा अनुप बाँस्तोला बताउका छन् ।  उनका अनुसार यस्तो बेलामा श्वासप्रश्वासको समस्या भएकाले विशेष सावधानी अपनाउनुपर्छ। उनले भने, ‘यस्तो बेला मुख्यगरी समस्यामा पर्ने भनेका श्वास प्रश्वासको समस्या भएकाहरुलाई हो, हावामा हुने धुलोका कणले फोक्सोमा असर गर्छ, जसले गर्दा मास्क अनिवार्य लगाउनुपर्छ।’

सकेसम्म घर बाहिर ननिसक्ने, निस्कनै परे चस्मा, मास्क र शरीर पूरै ढाक्ने कपडा लगाएर निस्कनुपर्ने उनले बताए। ‘यस्तो बेला हावामा हुने विषाक्त पदार्थले हाम्रो आखाँ पोल्ने तथा छालामा एलर्जी हुने सम्भावना धेरै हुन्छ, त्यसैले सकेसम्म घरबाहिर निस्कनु हुँदैन। निस्कनै परे मास्क र चस्मा अनिवार्य लगाउनुपर्छ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।