२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सपना रोक्कालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौं- बीबीसी प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले सपनाको उजुरीका आधारमा बस्नेतलाई गोंगबुमा पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्ने सपनाको उजुरीका आधारमा पक्राउ गरिएको हो।

सपनाले उक्त उजुरी आइतबार परिसरमा दर्ता गराएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेकी थिइन्। सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीच अश्लील सम्बन्ध रहेको विवरणसँगै विवादहरु सार्वजनिक भएका थिए।

सपनाका बुवाआमाले भने बस्नेतले छोरीलाई यौनहिंसा गरेको विवरणमा भनेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।