दिपेन्द्र खत्री- २६, माघ/ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ४ को लुटीपोखरी राताउकाला भन्ने स्थानमा अाज साझ जिप दुर्घटना भएकाे छ।



सुन्तला बोकेको अाउने क्रममा जिप दुर्घटना भएकाे हाे, लु ३ च ८५६ नम्बरको जिप रहेको छ। उक्त जिप मलारानी देखि बुटवल तर्फ जाँदै गरेको खबर प्राप्त भएको छ।
दुर्घटनामा एक बालक सामान्य घाइते भएका छन्। भने थप विवरण आउँन बाँकी रहेको छ।
Views: 163

























