एजेन्सी,माघ २५ । भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आज भीषण हिमपहिरो र धौलीगंगा नदीको बाढीमा एक सय ५० बढी बेपत्ता भएको छ ।



उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन् । अहिले सम्म १० जनाको शब फेला परेको छ । उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजे हिमपहिरो गएको थियो ।
त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुर्याएको छ भने वेपत्ता हुनेहरु त्यस आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेको जनाईएको छ ।
त्याहाँ केही नेपाली समेत कार्यरत रहेकाले नेपालीहरु समेत वेपत्ता हुनेमा परेको जनाईए पनि उनीहरुको संख्या एकीन भएको छैन ।
Views: 125

























