कमरेड प्रचण्ड,माधव
मैले तपाईंलाई नचिन्दै
तपाईंको नाम नसुन्दै
तपाईंको अनुहार नदेख्दै
तेह्र वर्षको वालो उम्मेरमनै
तपाईंको विचार बोकेर हिँडे
तपाईंले उचालेको झण्डा बोकेर हिँडे
तपाईंको आदर्शको गाथामा
आफ्नो निजी स्वार्थ त्यागेँ
तपाईंको आदर्शलाई
जीवनशैली बनाएँ
तपाईंकै आहुवानमा
सर्वहाराकारण भए
तपाईंले उद्घोष गरेको जनयुद्धमा
कैयौँ आफन्तजन गुमाएँ
कठोर जेलजीवन बिताए
तपाईंले माओवाद अंगाल्दा
मैले अनुशरण गरे
तपाईंले प्रचण्डपथ ल्याउँदा
मैले आलोचना गरे
तपाईंले प्रचण्डपथ फाल्दा
मैले समर्थन गरे
तपाईं शासक बन्दा
मैले साथ छोडें
तपाईं सडकमा आउँदा
मैले साथ दिए
म पालुङ्टार सम्म
तपाईंकै दस्तावेज बोकेर हिँडे
तर तपाईंले कमरेड
जनविद्रोहको कार्यदिशा
सुकुटेमा छोडेर फर्किंदा
कथित शान्ति र संविधानको कार्यदिशा
पेरिसडाँडामा भित्र्याउँदा
यो क्षेनिक कार्यनीतिक सिफ्ट हो भन्दा
मैले पेरिसडाँडामा
लिखित असहमति सहित भनेको थिए
कमरेड यो कार्यनीतिक सिफ्ट मात्रै नभएर
तपाईंको संसदीय कार्यदिशा माथिको
रणनैतिक सिफ्ट हो
तपाईंले बाबुरामको लाईन बोक्नु भयो
मलाई स्वीकार्य छैन
हो कमरेड
त्यसपछि धोबीघाट भयाे
डिनर पार्टी चल्यो
बाबुरामको सरकार बन्यो
जनमुक्ति सेना विघटन भयो
पार्टी विभाजन भयो
म क्रान्तिकारी लाईनमा लागे
पहिलाे संविधानसभा विघटन भयो
पहलकदमी माओवादीको हातबाट गयो
दोश्रो संविधानसभाको चुनाव भयो
मैले बहिस्कारको झण्डा बोके
मत परिणाम आयो
तपाईं पहिलोबाट तेस्रोमा झर्नु भो
दलाल पुँजीवादी संसदीय संविधान बन्यो
तपाईं सरकार बनाउने र गिराउने
संसदीय खेलमा लाग्नु भयो
म क्रान्तिको तयारीमा लागे
तपाईंले केपिसँग पिरती गाँस्नु भयो
जेटविमानको को – पाईलट पनि बन्नु भयो
म कमरेड विप्लवको नेतृत्वमा अघि बढे
हाम्रो फरक यहीँ पर्यो कमरेड
हो कमरेड प्रचण्ड
केपी ओलीले कमरेड विप्लवलाई
उखान टुक्का हाली हाली उडाउँदा
तपाईं उनकै छेउमा बसेर
जुँगा मुसारी मुसारी हाँसेको पनि देखियो
उनले लगाएको प्रतिबन्ध पनि भोगियो
अहिले फेरि तपाईंलाई नै
उखान टुक्का हाली हाली
केपीले लात हानेको पनि देखियो
तपाईंले आदर्श मानेको संविधानलाई
केपिले बुटले कुल्चेको पनि देखियो
सर्पलाई जति दूध खुवाए पनि
आखिर मौका मिले टोक्छ भनेको
यही हैनर कमरेड ?
वर्ग भुलेपछि
विचार छोडेपछि
आस्था ढलेपछि
आखिर यस्तै हुने हैनर कमरेड ?
कमरेड माधव नेपाल
मदन भण्डारीको हत्या हुँदा
मैले सात वामको आन्दोलनमा
तपाईंसँगै लठ्ठी खाएको थिए
दासढुंगामा तपाईंसँगै उर्लिएको थिए
सहरका गल्लीहरूमा
झण्डा बोकेर उफ्रियको थिए
दोस्रो जनआन्दोलन ताका
ज्ञानेन्द्र को प्रतिगमन कालमा
सातदलको शीर्ष नेताको हैसयतले
तपाईं कैलालीमा आउँदा
तपाईं प्रमुख अतिथि भएको
संयुक्त कार्यक्रमको अध्यक्षता
धनगढीमा मैले नै गरेको थिए
सुप विश्वविद्यालय काे डेलिगेसन जाँदा
बल्खुमा पनि भेटेको थिएँ
काठमाडौं केन्द्रित आन्दोलनमा पनि
तपाईंसँगै गिरफ्तार गरेको थिए
संयोगश
आज तपाई दुबै कमरेडहरु
कमरेड माधव नेपाल
कमरेड मदन भण्डारीको हत्या हुँदा
मैले सात बामको आन्दोलनमा
तपाईंसँगै लठ्ठी खाएको थिए
दासढुंगामा तपाईंसँगै उर्लिएको थिए
सहर बजारका गल्लीहरूमा
झण्डा बोकेर उफ्रिएको थिए
दोस्रो जनआन्दोलनताका
ज्ञानेन्द्रको प्रतिगमन कालमा
सात दलको शीर्ष नेताको हैसयतले
तपाईं कैलालीमा आउँदा
तपाईं प्रमुख अतिथि भएको
संयुक्त कार्यक्रमको अध्यक्ष ता
मैले नै गरेको थिए
सुप विश्वविद्यालय को डेलिगेसन जाँदा
बल्खुमा पनि भेटेको थिएँ
काठमाडौं केन्द्रित आन्दोलनमा पनि तपाईंसँग गिरफ्तार भएको थिए
संयोगवश
आज तपाई दुवै कमरेडहरु
केपीको प्रतिगमनका विरुद्ध
देश दौडाहा गर्ने क्रममा
धनगढीको आमसभामा आउनु भयो
मञ्चबाट केपीलाई खुबै गाली गर्नु भयो
अस्ति भर्खरै यही मञ्चबाट
केपी ले पनि तपाईंहरूलाई
यस्तै गाली गरेर गए
आधिकारिक पार्टी मै हुँ भने
मेरो कदम अग्रगमन हो भने
उनले चुनावका कुरा गरेर गए
तपाईंहरूले संसद पुनर्स्थापित गर्ने कुरा गर्नु भयो
केपी प्रतिगामी हुन् भन्नु भयो
सिद्धान्तका कुरा भएनन्
क्रान्तिका कुरा सुनियनन्
आखिर कुरा एउटै सुनियो
कुर्सीको मात्रै रोइलो सुनियो
हो कमरेड
तपाईंहरूले धनगढीको खुलामञ्चबाट
भाषण गर्नु भयो
मैले धनगढीको कारागारबाट
टिभीमा तपाईहरुको भाषण सुने
ज्ञानेन्द्र को प्रतिगमन मा पनि
म यहीँ जेलमा थिए
अहिले केपीको प्रतिगमन पनि
यही जेलमा छु
तपाईहरु केपी को प्रतिगमन भन्नु हुन्छ
म केपी को फाँसी बाद भन्छु
तपाईहरु संसदबाद भन्नु हुन्छ
म वैज्ञानिक समाजवाद भन्छु
तपाईंहरूलाई केपी ले सडकमा फालेका छन्
मलाई जेल हालेका छन्
हाम्रो बीचमा
फरक यतिता भयो हैनर कमरेड ? !!
मिति :- २०७७ माघ १७ गते शनिबार
कृपया यो कमरेड प्रचण्ड र माधव भन्ने कविता एउटै शीर्षक को हो मिलाए पढ्नु होला
धन्यवाद




























