गोकर्ण पाण्डे/गुल्मी:-नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव गुल्मी जिल्ला सहित देशभर विहानैबाट देखिएको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गर्दै आज बन्दको घोषणा बिपल्वले गरेको छ।



गुल्मीमा अत्यावश्यक बाहेकका सवारी साधनहरु गुडेका छैनन । यातायातको काउन्टर समेत बन्द रहेको र अप्रीय घटनाहरु हुन नदिनको लागि चोक चोकमा प्रहरी खटाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो ।
Views: 152

























