२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो । सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उनल जानकारी दिए । चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन् । तीमध्ये चार चोरी शिकारीले मारेको निकुञ्जले जनाएको छ । शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए । रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।