नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री एनपि साउदले पश्चिम गराईका आदिवासि जनजाति थारू समुदाय नेपालकै महत्त्वपूर्ण समुदाय हाे।थारू समुदायकाे रहन सहन, भेषभुषा,भाषा,कला संस्कृति आपनाे विशिष्ट परम्पराले भरिपुर्ण रहेकाे वताउनु भएकाे छ।उनले प्रकृतिप्रेमी पश्चिम तराईका धर्तीपुत्र थारू समुदायकाे विशिष्ट पहिचान वाेकेकाे संस्कृति लाई सवैमिलि जगेर्ना गर्नुपर्ने वताए।




नेपालमै छुट्टै पहिचानका रूपमा चिनिने संस्कृृतिका धनी थारू समुदायको संस्कृतिकाे जगेर्ना गरि पर्यटकिय उदेश्यका लागि प्रयोग गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने छ।
शुक्लाफाँटा नगरपालिका ९नं वडा कार्यालयले आयोजना गरेकाे माघि मिलन कार्यक्रममा आईतवार उद्घाटन गर्दै पुर्व मन्त्री एनपि साउदले उक्त कुरा वताउनु भएकाे हाे।उनले भने थारू समुदायकाे कला संस्कृति लाई जिवन्त राख्न संग्रहालय वनायर प्रचार प्रसार गर्न सके पर्यटन प्रवर्द्धन मार्फत आर्थिक उपार्जन गर्न सकिनेमा राज्यले विशेष ध्यानदिनु पर्नेमा पुर्व मन्त्री साउदले जाेडदिए।आदिवासि जनजाति थारूकाे महान पर्व माघि मिलन कार्यक्रमका विशिष्ट अतिथि एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानाले थारू समुदायले नयाँ बर्षका रूपमा मनाउने माघि पर्वको शुरूवात भएसंगै देश विदेश वाट माघि मनाउन गाउँ घरमा पुग्दछन्।
प्रत्येक माघिमा आफना मान्यजनवाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने परम्परा रहेकाे प्रदेश सभा सदस्य रानाले भने उनले आफना चेलिबेटी लाई माघिमा काेशेलिका रूपमा उनका घरमा पठाउने चलन रहेकाे वताउदै आदिवासि जनजाति नेता रानाले माघिकाे आर्को विशिष्ट पक्ष गाँउका भलवन्सा,वडघरकाे घरमा भेलाभई बर्ष दिनमा गरिएका कार्यको समीक्षा संगै गाउकाे सामुहिक कामकाे आय विवरण सार्वजनिक गर्ने र नयाँ वडघर छनाैट गर्ने परम्परा रहदै आयको प्रदेश सभा सदस्य समेत रहेका कांग्रेस नेता रानाले वताए।
भारू समुदायका परम्परा माैलिक संस्कृतिकाे संरक्षणमा सवैले आ आफनाे क्षेत्र वाट सहयाेग गर्नुपर्ने उनले जनाए।त्यसैगरि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरले नगरका १२ वटै वडामा रहेका आदिवासी जनजाति अल्पसंख्यक विपन्न बर्ग लगायतका नागरिककाे उत्थानका लागि नगरपालिकाले नितिगत निर्णय गरेरै अगाडि वढिरहेकाे वताए।
उनले सराेकारवाला निकायले सम्वन्धित वडा कार्यालय मार्फत सेवा लिन नगरवासिलाई आग्रह गर्दछु।नगरपालिकाले नगरवासिका आधारभुत आवश्यकता सडक, सिचाई,खानेपानि,शिक्षा,स्वास्थ,संस्कृति,कृषि, पर्यटन लगायतका क्षेत्रकाे विकासमा गति लिएकाे नगर प्रमुख ऐरले जनाए।शुक्लाफाँटा नगरपालिका वडानं ९का वडा अध्यक्ष रमेश वहादुर ऐरकाे सभापतित्वमा संचालित कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि ,जनप्रतिनिधि,संचारकर्मी,आदिवासी जनजाति लगायत जनसमुदायको उल्लेख्य सहभागीता रहेकाे थियाे।

























