२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

दुई जनासित प्रेम, धोका नदिन दुवैसँग विवाह !

काठमाण्डाै – भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो ।

गाउँमा चन्दू माैर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जनासँग विवाह गरेका हुन् । मुरिया जनजातिका चन्दूले आफूले दुवै जनासित प्रेम गरेकाले धोका नदिन दुवैसँग विवाह गरेको बताएकाे बीबीसी हिन्दीले लेखेको छ ।

उनले भनेका छन्, ‘मैले दुई जनासँगै प्रेम गरेको थिएँ, कोही एक जनालाई धोका दिन सक्दैन थिएँ, मनमा केही प्रश्न थियो तर विवाहका लागि दुवै जना राजी भएपछि विवाहका लागि म पनि तयार भएँ ।’

चन्दूले सुन्दरी कश्यप र हसीना बघेलसँग एकै पटक विवाह गरेका हुन् । विवाहपछि सुन्दरी र हसीनाले आफूहरू पनि खुशी रहेको प्रतिक्रिया दिएकाे खबरमा उल्लेख छ ।

चन्दूले आफ्नो सम्बन्धबारे दुवै जनालाई भनेको र त्यो कुरा दुवै जनाले स्वीकार्दै एकैसाथ बस्न तयार भएकाे बताएका छन् ।

पहिला सुन्दरीसँग प्रेममा रहेका चन्दू पछि हसीनाको प्रेममा परेका थिए । तीनै जना एक साथ बसेको झण्डै एक वर्षपछि उनीहरूको विवाह भएको हो ।

छत्तिसगढका केही जनजातिमा सामान्य विधि पूरा गरेपछि विवाहअघि नै युवा–युवतीसँगै बस्न पाउँछन् ।

विवाहका लागि चन्दूले कार्डसमेत छपाएका थिए । जसमा दुवै जना बेहुलीको नाम लेखिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।