२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कञ्चनपुरमा कुटपिट गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ

कञ्चनपुर, ३ मंसिर । कञ्चनपुरमा कुटपिट गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । माहाकाली नगरपालिका–९ बस्ने २ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय बिक्रम बुढा लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिक्रम लगायतका ८ जनाले उनीहरुलाई कुटपिट गरी घाइते बनाएको सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारा हुँदै थप उपचारको लागि माहाकाली अस्पताल रिफर गरिएको छ ।

कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।