२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

पहिलो हाफकै गोलले वुल्भ्स विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ। वुल्भ्सले भ्रमण टोली क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

वुल्भ्सले पहिलो हाफमा नै दुई गोल गरेको हो । उसका लागि १८ औँ मिनेटमा रायन एइत–नूरी र २७ औँ मिनेटमा डानिएल पोडेन्सीले गोल गरी अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ८६ औँ मिनेटमा लुका मिलिभोजेभिक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भयो ।

जितपछि सात खेलबाट १३ अंक जोडेको वुल्भ्स तेस्रो स्थानमा छ । १० अंकसहित क्रिष्टल प्यालेस नवौँ स्थानमा रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।