२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

घरभित्रै बस्दा रोग प्रतिरोधात्मक प्रणालीमा कस्तो असर पार्छ ?

बीबीसी । पछिल्ला महिना विश्वको आधा भन्दा बढी जनसङ्ख्या लकडाउनका कारण अतिआवश्यक काम बाहेक घरभित्रै रहन बाध्य भएको छ । यसले हामीलाई कोरोनाको संक्रमण हुनबाट बचाएको छ तर अर्कोतर्फ हाम्रो प्रतिरोघात्मक प्रणालीमा पनि यसले केही न केही असर गरिरहेको छ र अन्य संक्रमणका सामु हामीलाई संवेदनशील बनाइरहेको हुन सक्ने विज्ञहरु बताउँछन् ।

हामी मान्छे, अँध्यारो र उज्यालोको २४ ‘घण्टे साइकल’ रहेको ग्रहमा विकसित भएको हौँ त्यसैले हाम्रो शरीरले यही अनुरुप काम गरिरहेको हुन्छ । उदाहरणका लागि सूर्यबाट आउने अल्ट्रा भोइलेट, युभी विकिरण सामु पर्दा हाम्रो छालामा भिटमिन डी उत्पादन हुन्छ । भिटमिन डीको त्यही दैनिक डोजले हाम्रो हड्डी र दाँतलाई बलियो राख्न मद्दत गर्दछ भने ‘इम्युन सेल्स’ अर्थात प्रतिरोघात्मक सेल्सलाई पनि प्रभाव पार्दछ । जस्तै भिटमिन डीले हाम्रो फोक्सोमा स्वास प्रस्वास सम्बन्धी संक्रमणबाट जोगाउने पहिलो लाइनको ‘म्याक्रोफेग्स’ लाई , ‘क्याथेलिसिडिन’ नामक एक प्रकारको ‘एन्टिमाक्रोबल पेप्टाइड’ बाहिर फाल्न लगाउँछ , जसले ब्याक्टेरिया र भाइरसलाई सिधै मार्न सक्छ । त्यसैगरी यसले अन्य प्रतिरोघात्मक सेल जस्तै ‘बी र टी सेल्स’ का गतिवधिमा पनि सुधार ल्याउँछ । यस्तोमा भिटमिन डि को स्तर कम भएका मानिसहरुमा स्वासप्रस्वास सम्बन्धी भाइरल संक्रमण हुने जोखिम बढ्न जान्छ ।

त्यसकारण पनि अनुसन्धानकर्ताहरु अहिले भिटमिन डी सप्लिमेन्टले कोभिड–१९ सम्बन्धी जटिल समस्याबाट जोगाउन सक्छसक्दैन भन्नेबारे विभिन्न रिसर्च गरिरहेका छन् । अघिल्लो महिना ट्रिनिटी कलेज डब्लिन की ‘जेरोनटोलोजिस्ट’ रोज केनी र उनका सहकर्मीहरुले प्रकाशित गरेको नयाँ डाटामा, इटली र स्पेन सहित युरोपेली जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेहरुमा भिटमिन डी को स्तर अत्यन्तै कम रहेको पत्ता लागेको थियो ।

वास्तवमा प्रविधिको विकाससँगै मान्छेको जीवनशैली परिवर्तन हुँदा हामी धेरै काम घरभित्रै बसेर गर्न थालेका छौँ । त्यस्तै ती देशहरुमा घामको किरणबाट जोगाउने ‘सनस्क्रिन’ को व्यापक प्रयोग हुने भएकाले पनि भिटमिन डी को स्तर काम गराउनमा जिम्मेवार रहेको बताइएको छ ।

हो कोभिड–१९ बाट मृत्यु हुनुका पछाडि अरु पनि थुप्रै कारणहरु छन् । तर प्रतिरोघात्मक क्षमता र भिटमिन डी एकआपसमा सम्बन्धित छन् भन्ने स्पष्ट र बलिया प्रमाणहरु फेला परिसकेको केनी बताउँछिन् । जस्तै भिटमिन डी ले ‘इन्टरलउकिन–६’ नामक इन्फ्लामेसन गराउने बायो–केमिकल को स्तर घटाइदिने गर्दछ जुन सास फेर्नमा गम्भीर समस्या गराउनेसँग सम्बन्धित छ । यति मात्र नभएर भिटमिन डीले फोक्सोको सेल्समा ‘एसीइ२ रिसेप्टर’ को उपलब्धतामा पनि बदलाव ल्याउँछ जसलाई भाइरसले हाम्रो शरीरमा संक्रमण स्थापित गर्नका लागि प्रयोग गर्ने गर्दछ । त्यसैले भिटमिन डी ले ती रिसेप्टरमा परिवर्तन ल्याउन सकेमा भाइरसलाई हाम्रो शरीर संक्रमित गर्नमा कठिनाइ हुनेछ ।

यसलाई प्रमाणसहित पुष्टि गर्न विभिन्न चरणमा ट्रायल र परीक्षण गर्नुपर्ने भएतापनि सबै वयश्कहरुले भिटमिन डी सप्लिमेन्ट सेवन गर्नेबारे विचार चाहिँ गरिरहनुपर्ने केनीको सुझाव छ ।

त्यस्तै नियमित शारीरिक व्यायामले कोभिड–१९ संक्रमण हुने सम्भावना कम गराउँछ भन्ने वैज्ञानिक रुपमा प्रमाणित नभएपनि त्यसले हाम्रो प्रतिरोघात्मक प्रणालीलाई भाइरल संक्रमण रोकथाम गर्नबाट धेरै हद्सम्म जोगाउन सक्ने अध्ययनहरुले देखाइसकेको छ । जस्तै मान्छेले केही दिन वनजङ्गल र हरीयाली वातावरणमा समय बिताएमा पनि यसले किटाणु नाशक जस्तै भाइरस र क्यान्सर सेल्सलाई पत्ता लगाइ नष्ट गर्ने शरीरका सेल्सहरुको सङ्ख्या बढाइ तिनको गतिविधिमा फरक पार्ने अनुसन्धानले देखाएको छ ।

वास्तवमा यसले मान्छेको स्ट्रेस घटाउने भएकाले पनि शरीरलाई फाइदा पुग्ने बताइएको छ । यसकारण नै पार्क लगायत नजिकैका हरिया ठाउँमा थोरै समय बिताउनुले पनि मान्छेको मुटुको गति र रक्तचाप कम गराउन सक्छ भने हर्मोनहरुमा सन्तुलन ल्याउने गर्दछ । यसरी दिर्गकालीन रुपमा प्रकृति नजिक बस्नु , मुटु सम्बन्धी रोग, मधुमेह र प्रारम्भिक मृत्युको घट्दो जोखिमसँग जोडिएको छ ।

भिटमिन डी र शारीरिक अभ्यास बाहेक घरबाहिर समय बिताउनाले अर्को मान्छेसँग सम्पर्कमा ल्याउने हुँदा एक्लोपनाबाट पनि टाढा राख्ने गर्दछ र मतिष्कलाई पनि पर्याप्त रेस्ट र रिकभर हुने मौका मिल्छ ।

त्यसैगरी बाहिर निस्कनुले हाम्रो निद्राको गुणस्तरमा पनि सुधार ल्याउँछ । यसकारण पनि लकडाउनको समयमा धेरै मानिसहरुको ‘सर्केडियन रिदम’ अवरुद्ध भइरहेको पाइएको छ । ‘सर्केडियम रिदम’ भन्नाले हाम्रो शरीरको २४ घण्टे चक्र हो जसले निद्रा सहित शरीरका अन्य थुप्रै जैविक प्रक्रिया सहि रुपमा सञ्चालन गर्नमा मद्दत पुर्याउँछ । तर भित्र बसिरहनाले कोठाको प्रकाश, हाम्रो सर्केडियन चक्रलाई प्रभाव पार्न पर्याप्त हुँदैन । त्यसैले पनि उच्च प्रकाशको सम्पर्कमा आउने बिहानमा अफिस जाने कर्मचारीहरुलाई राति सजिलै निद्रा लाग्ने गर्छ भने सुत्नमा कुनै कठिनाइ हुँदैन ।

कर्सेडियन रिदम अवरुद्ध हुनु र निद्रा नराम्ररी प्रभावित हुनुले हाम्रो प्रतिरोघात्मक प्रणालीको प्रतिक्रियालाई पनि कम गराउँछ । त्यसैले उज्यालोको हाम्रो प्रतिरोघात्मक क्षमतामा सिधा प्रभाव नपारेपनि कर्सेडियन चक्र मार्फत बलियो असर गर्न सक्छ । त्यसैले पनि लकडाउनको अवस्था अनरुप बाहिर निस्कन मिल्छ भने हामीले सामाजिक दुरी कायम गर्दै दिनमा एकपटक घरबाहिर निस्कने वा घाममा बस्ने गर्न सक्छौँ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।