२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

महाभारतको युद्ध शुरू हुनुभन्दा अघि युयुत्सुले किन बदले खेमा ?

गान्धारी गर्भवती हुँदा धृतराष्ट्रको सेवासुश्रुसाका लागि एक वैश्य दासीलाई नियुक्त गरिएको थियो । धृतराष्ट्रले तिनै दासीसँग सहवास गरे ।

सहवासपछि दासी गर्भवती भइन् । उनले एक पुत्र जन्माइन् जसको नाम युयुत्सु राखियो ।

महाभारतको युद्ध हुँदा युयुत्सु कौरवहरूका तर्फबाट लड्न कुरुक्षेत्र गएका थिए । तर युधिष्ठिरले उनलाई सम्झाएर आफ्नो पक्षमा पारे ।

द्रौपदीको चिरहरण गरिँदा युयुत्सुले कौरवहरूको विरोध गरेर पाण्डवहरूलाई साथ दिएका थिए । उनी कौरवहरूको अनैतिक क्रियाकलापको विरोध गरिरहन्थे ।

दुर्योधनका अनुचित चेष्टाहरूको विरोध गरिरहने भएकाले युयुत्सुलाई दुर्योधन र उनका भाइहरूले उनको मजाक उडाउँथे । युयुत्सुले महाभारत युद्ध रोक्नका लागि धेरै प्रयास गरेको भए पनि सफल भएनन् । युद्ध प्रारम्भ भएपछि उनी कौरवका तर्फबाट लड्न गए ।

युद्ध आरम्भ गरिने दिन युधिष्ठिरले युयुत्सुलाई अधर्मको साथ नदिन भने । अनि युयुत्सुले त्यसमा विचार गरेर कौरवहरूलाई त्यागे ।

खासमा युद्ध प्रारम्भ हुनुभन्दा ठीक अघि युधिष्ठिरले कौरव सेनाले सुन्ने गरी घोषणा गरे, ‘मेरो पक्ष धर्म हो । धर्मका लागि लड्ने जोकोही पनि मेरो पक्षमा आउन सक्छ । म उसको स्वागत गर्छु । त्यो घोषणा सुनेपछि युयुत्सु कौरव पक्षबाट निस्केर पाण्डव पक्षमा पुगे । युधिष्ठिरले उनलाई अँगालो हालेर स्वागत गरे ।

आफ्नो खेमामा आएका युयुत्सुलाई युधिष्ठिरले सीधै युद्धको मैदानमा नपठाएर महत्त्वपूर्ण कार्य सुम्पिए । योद्धाहरूको हतियार र रसदपानीको आपूर्ति व्यवस्था हेर्ने जिम्मा युधिष्ठिरले युयुत्सुलाई दिए ।

पाण्डवहरूसँग सात अक्षौहिणी ९लगभग ९ लाख० सैनिक थिए । ती सबैलाई युयुत्सुले हतियार र रसदको कमी हुन दिएनन् । उडुपीको राजालाई भोजनको व्यवस्था दिइएको थियो ।

युद्धमा बाँचेका १८ योद्धामा युयुत्सु पनि एक थिए । युद्धपछि महाराज युधिष्ठिरले युयुत्सुलाई मन्त्री बनाए । युधिष्ठिर सशरीर स्वर्ग जान लाग्दा परीक्षितलाई राजा र युयुत्युलाई संरक्षक बनाए । धृतराष्ट्रको मृत्युपछि युयुत्सुले नै मुगाग्नि दिएर पुत्रधर्म निर्वाह गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।