२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। 

भर्खरै फेसबुकमा एक पोस्टमार्फत् मन्त्री भट्टराईले आफू पोजिटिभ भएको जनाएका छन्। उनलाई हल्का ज्वरोबाहेक कुनै लक्षण नदेखिएको पोस्टमा उल्लेख गरिएको छ।

“हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो,” उनले पोस्टमा भनेका छन्, “आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।” 

उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र समस्या देखिए कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन्। “मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्। 

यसअघि गत सोमबार उनको कोरोनाको परीक्षण नेगेटिभ आएको थियो। त्यसपछि काठमाडौँबाहिर एक कार्यक्रममा सहभागी भएको उनले जनाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।