२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालमामा पछिल्लो २४ घण्टामा ५ सय २२ नमुना परीक्षणमा १९ महिला ३४ पुरुष गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का १० जना, वडा नम्बर १८ का ९ जना, वडा नम्बर १ का ४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ५, १४ र १७ का दुई दुई जना, त्यसैगरी वडा नम्बर ७, १३ र १५ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताउनु भयो । यस्तै कैलालीको बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका–१ का १ जनामा समेत कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ ।

भने, दार्चुलाको स्थानीय तह नखुलेको एक जनामा समेत कोरोना संक्रमण भेटिएको छ । उता जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरीएको परीक्षणमा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेका छन । संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको डिएसपी नारायणप्रसाद अधिकारीले बताउनु भयो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४१ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एक जना र केआई सिह गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ५१ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ६ सय ८८ जनाले कोरोना जितेका छन भने १८ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।