डडेल्धुरा – नेपाल स्वंयसेवी रक्तदाता समाज डडेल्धुराले लकडाउनुमा डडेल्धुरामा भएकाे चरम रक्त अभावकाे व्यवस्थापन गर्दै अाएकाे छ ।
स्वयमसेवि रक्तदाता समाज डडेल्धुराले डडेल्धुरा अस्पताल, रेडक्रस साेसाईटि डडेल्धुरा र अमरगढी नगरपालिका प्रमुखसंग समुन्वय गरेर रगत निःशल्क उपलब्ध गराउने अभियानमा लागेको हाे ।
रगत अभावले कसैले ज्यान गुमान नपरोस भन्दै रक्तदाताहरु खोजेर रगत उपलब्ध गराउने उद्देश्यले दर्ता भएको यस संस्थाले अाज (शनिबार) डडेल्धुरामा हरिश जोशीको अध्यक्षतामा गठित ११ सदस्यहरुले समाजका संस्थापक प्रेम सागर कर्मचार्यले सपथ ग्रहण गराउनुका साथै संस्थाको लोगो हस्तातरण गरेका छन् ।

समाजको उपाध्यक्षमा माधवप्रशाद पन्त, महासचिवमा रमेश बहादुर माली, कोषाधयक्ष उपेन्द्र जोशी, सचिव प्रकाश जोशी चयन भएको छन् । सदस्यमा मोहन बहादुर देउवा, सावित्री ऐर, पूजा बस्नेत, मदनराज पाण्डेय, हेमराज पन्त र राजेन्द्र पनेरु चयन भएका छन् । बिरामीलाई रगत आवश्यक परेको बेलामा नेपाल स्वंयसेवी रक्तदाता समाज डडेल्धुराले तत्काल ब्लड बैंक वा अन्यबाट रगतको व्यवस्था मिलाउने भएकाले सम्पर्क गर्नु हुन् सबैमा अध्यक्ष जोशीले आग्रह गरेका छन् ।
कोरोना महामारीका समयमा प्लाजमा थेरापीका लागी कोरोना जितेकाहरुको रगत आवश्यक परेकाले रगत दिनु चाहानेले समाजमा सम्पर्क गरी दिनुहुन संस्थाका काेषाध्यक्ष उपेन्द्र जाेशिले आग्रह गरेकाे छन् ।
सबैभन्दा धेरै पटक रक्तदान गरेर नेपालमा कीर्तिमान कायम गर्न सफल संस्थापक अधयक्ष प्रेमसागर कर्माचार्यले ” कसैले पनि रगत अभाव कारणले ज्यान गुमानु नपरोस भनेर यो अभियानमा लागेका बताए ।

” १ सय ५९ औं पटक रक्तदान गर्नुभएका कर्माचार्य ‘सर्वसाधारणमा रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आफूले निरन्तर रक्तदान गर्दै तथा समाजहरु जिल्ला जिल्लामा गठन गरिरहेका बताए ।
उनले रक्तदान मानव जीवनको महान दान भएकाले रक्तदानमा सहभागी हुनु सराहनीय कार्य भएको बताएका थिए । कार्यक्रममा रगत अभावकाे समयमा रक्तदान गर्नेहरुले प्रमाणसहित सम्मान गरेका थियो ।
Views: 177




























