२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डिभिजन वन कार्यालय डडेल्धुराले स्कुल शिक्षा कार्यक्रमकाे पुस्तककाे बनायाे ।

दिपक राज भट्ट / डडेल्धुरा – डिभिजन वन कार्यालय डडेल्धुराले कक्षा ८ देखी १२ कक्षा सम्मका बालबालिकाहरुलाई लक्षित गरि स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ ।
वन वातावरण सम्बन्धी विद्याललयका बालबालिकाहरुलाई जनाकारी दिने गरि ३१ वटा लेखहरु उक्त प्रकाशनमा राखिएको छ ।

सामान्यतः वातावरणीय सवालमा हामी बालबालिका र युवाप्रति उदासिन रहन्छौँ । उनीहरुलाइ के थाहा छ र ? किन जान्नु प¥यो यस्ता कुरा ? भन्दै हामी कयौँ कुरा त्यतिकै ओझेलमा पारिदिन्छौँ। यी र यस्तै कारणले डडेल्धुराका स्कुलतहका भाइबहिनीलाई वन, वातावरणका कुरा राख्नुपर्छ, उनीहरुलाई हाम्रो देशको वन व्यवस्थापन कसरी भइरहेको छ, देशमा कति वन क्षेत्र छन् ? राष्ट्रिय निकुञ्ज के हो ? भूसंरक्षणको सवाल, जलवायु परिवर्तनको सवाल, वातावरण दिवस, जैविक विविधता, वन विज्ञानमा उच्च तह पढ्न कहाँ जाने, इको क्लब, हाइकिङ, ट्रेकिङ लगायतका बारेमा जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताएका छन् ।

कूल भू– भागको करिब ७५ प्रतिशत भूभाग वनक्षेत्रले ढाकिए पनि डडेल्धुराको अहिलेको यो पुस्ताले वनक्षेत्रलाई पर्याप्त माया गरेको र जिम्मेवारीबोध गराउन र जलस्रोत, जैविक विविधताको स्रोत, पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेको जिल्लाको बारेमा बालबालिकाहरुलाई ज्ञान दिन यस पुस्तकले सहयोग गर्नेछ ।

पुस्तकमा डडेल्धुरा जिल्लाको कुल वनको क्षेत्रफल,चुरे संरक्षणका प्रयासहरु, वनको अवस्था,पाटेबाघको महाभारत यात्रा,मानव वन्यजन्तु द्धन्द्ध लगायत ३१ वटा लेखहरु समावेश गरिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।