२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

अत्तरिया जुनियर जेसिजद्धारा निशुल्क मोटरसाईकल सर्भिस

अत्तरिया – कोरोनाका कारण फ्रन्ट लाईनमा उभिएर काम गर्नेहरुको अत्तरियामा निशुल्क मोटरसाईकल सर्भिस गरिने भएको छ ।

अत्तरिया जुनियर जेसिज बर्ष २०२० को आयोजना र नमादेब अटोपार्टसको सहयोगमा आज देखी १६ गते सम्म निशुल्क रुपमा मोटरसाईकल सर्भिस गरिने भएको हो ।
कोरोनाको बेला जोखिममा रहेर फ्रन्ट लाईनमा काम गर्ने नेपाल प्रहरी , शसस्त्र प्रहरी , नेपाली सेना लगायतका सम्पुर्ण सुरक्षाकर्मि , मिडियाकर्मी , चिकित्सक , बैंकका कर्मचारी , शिक्षकहरु र समाजसेवीहरुलाई मध्यनजर गर्दै सो कार्यक्रममा आयोजना गरिएको अत्तरिया जुनियर जेसिजका अध्यक्ष तिर्थराज उपाध्यायले जानकारी दिए ।

कोरोनाका कारण सबै क्षेत्र बन्द हुदा आर्थिक संकटमा परेकाहरुलाई थारै भएपनि राहत पुगोस भन्ने उध्ेश्यका साथ १५ दिन सम्म उहाँहरुको मोटरसाईकल निशुल्कमा सर्भिस गर्ने कार्यक्रम रहेको उनले बताए ।

अत्तरिया जुनियर जेसिजका कार्यकारणी उपाध्यक्ष राज भट्टले यस कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल पारिदिन हुन सबैमा अनुरोध गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।