१)हिन्दुशास्त्र अनुसार,कैदिन किअद्दु । एकदिन जनमलिनु अर्खादिन मद्दु ।। २)अाजमु एकअर्ति दिनाै,सातबार साट्टाकि । काेबार रामणाे हुन्छ,राैं दाणि काट्टाकि ।। 3)शास्त्रकिहाे याेभणाइत ,माणकिजनमाणः । उल्टाकामकि बिथितियाे,लागिबरत जाँणः ।।
४)पृथिबिछ गाेलाे गाेलाे ,नियमले घुमन्छ । नियमछाणि पापकर्म अर्या, सम्पति गुमन्छ ।। ५)दुइभाइछन नियमका ,शुभरे अशुभ । जब लागलि तबजाँणला,बिथितिहाेलि खुभ ।। ६)पल्लित अभाबले अत्थ्या,फैसन अच्याल । बनायाल्लै काँहैहाेलाे,म्वालहैजेठाे झ्याल ।। ७)ज्याकाेतम बिराेपला,उसाेइपाला फल । अनरितिका पछालाग्या,घर दिनदिनै कल ।। ८)नारिले काेरेकाे मुन्डाे,बैकान काट्टा दाणि । सुखशान्ति कस्याइनहुनि,धर्म संस्कार छाणि ।। ९)रुबस हुक्का साथ,सात बारकि बातः । अच्काे दच्काे तमहाेइजालाे,दिशामुख जातः ।। 10)अाइतबार सुर्यकाे बारहाे,राैं जनकाट्या तबै । धनधर्म बुद्धिकाे नास,भुल्याजन कभै ।। 11)धनधर्म केइनभया,बुद्धिलै अनकसु । शुद्दि बुद्धि केइनभया,पुइतहाेइया पसु ।। 12)साैंबार दाणिनङ काट्या,सन्तानकाे नास हुन्छ । नासभण्याकाे मद्दुनाइहाे जीवन भरि रुन्छ ।। 13)माँङलबार् मुन्डाःराैकाट्या,अायु हुन्छ छाेटाे । जति खाया जेखायालै,काेइहुनैन माेटाे ।। 14)बुधबार खुपुइनिकाे,छेबनकि असल । बुद्धि बड्डेइ शान्तिबड्डेइ,सम्पति फसल ।। 15)अाे मेरा अादरणिय मित्राै,रौंकाट्या कैबारः । बुज्याखिलाइ सिरखणडैहाे,नित भण्णि सारः ।। 16)बिपैबार राैंकाट्याले,मानसम्मान गुमन्छ । मनमा चिन्ता बासअरन्छ,मन सुदाेइ घुमन्छ ।। 17)शुक्रबार भाैतैनिकाे,साैन्दर्यका लागि । राैंनङ दाणि काटः,शुकबार ताकि ताकि ।। 18)शुकबार छेबन अर्या,खुसि लक्ष्मि शान्ति । मन भितरि सबैथाेक ,क्याई दाैड्डुहाे अान्ति ।। 19)छन्चर बारः नङराैं काट्या,इजुकि मरु हुन्छे । माहामारि ठुलि अाउछे,राेगकि डरुहुन्छे ।। 20)काेराेनाजसा राेग लाग्दान,उपचारै नहुन्या । अाफनि गराइलेहुन,दुनिया संसाररुन्या ।। 21)धर्म भण्णु इसाे चिजहाे,फल मिलन्छ ढिला । कामअन्सारका फलदिन्या,सतिजुगका सिला ।। 22)काेराेनाले सिकाइदियाे,नियममा बस्सु । सरसफाइमा ध्यान दिनु,स्वार्थमानफस्सु ।। 23)काेइ माणकि जनमाणः,सात रासः खतेया । क्यार्यालेकिहुन्छ भण्ण्या ,अाबत पतेया ।। माेतीराम भट्ट भागेश्वर ३ दैपन्थ) काँकडिघाट बाेगटा-डडल्धुरा अच्याल,सुडा ७ कन्चनपुर




























