२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

वालुवाटारबाट प्रचण्ड निस्किएलगत्तै ओली र गौतमबीच एक घण्टा गोप्य वार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार साँझ भएको भेटवार्ता भएलगत्तै उपाध्यक्ष वामदेव गौतम र ओलीबीच गोप्य भेटवार्ता भएको छ । 

 अध्यक्ष ओलीले बालुवटार बोलाएपछि उपाध्यक्ष वामदेव गौतम सवा सात बजे बालुवाटार पुगेका थिए । ओली र गौतमबीच एक घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । 


गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको स्रोतको बताएको छ । ओली र गौतमबीच एक घण्टा कुराकानी भएपनि कुनै सहमति नभएको गौतम निकट स्रोतले जनाएको छ । 

ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले फागुन १४ को निर्णय कार्यन्वयन गर्न ओलीलाई स्मरण गराएका थिए ।

बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठकअघि नेताहरुबीच भेटवार्ता बाक्लिएको हो । 

प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् भने उपाध्यक्ष गौतम आफूलाई मनोनित गर्नुपर्नेमा उभिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।