२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

कञ्चनपुरका स्थानीय सडक कालोपत्रेको माग आन्दोलित

कञ्चनपुर- कञ्चनपुरमा सडक कालोपत्रेको माग गर्दे स्थानीयले यातायातका साधन ठप्प पारिदिएका छन्। लकुवापुर–बेलौरी सडक कालोपत्रेको माग सहित शुक्लाफाँटा नगरपालिका –१२ काला गौडीका स्थानीयले शनिवार बिहानै देखी यातायातका साधन ठप्प पारेका हुन्।

सम्झौता अवधिको ३ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै सडकमा आवतजावत अवरुद्ध पारेको स्थानीय नवलसिह रानाले बताए।

एक साता अघि मात्रै निर्माण कम्पनी सन्तोषी थेगीम जेभी सँग सडक कालोपत्रेको कार्य अगाडी बढाइने भन्दै सम्झौता गरेका स्थानीयले सडक कालोपत्रे अगाडी नबढेको भन्दै पुन : सडकमा आवतजावत ठप्प पारेका छन्। उनीहरूले सडक कालोपत्रेको कार्य अगाडी नबढाउन्जेल विरोधमा उत्रने चेतावनी दिएका छन्।

सडक अवरुद्ध बनेपछि सयौँ यात्रुहरू बाटोमै अलपत्र परेको स्थानीय प्रहरीले जानकारी दिएको छ। उता सन्तोषी थेगीम जेभीले भने स्नानियहरु सँग छलफल भइरहेको जनाएको छ। निर्माण कम्पनिनले ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएकाले बाँकी आगामी बैसाख मसान्त सम्म सम्पन्न गरीने दावी गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।