२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

रक्षा खर्च कोषमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज

अमेरिकी माथिल्लो सदन सिनेटले रक्षा खर्च कोषमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको छ ।

रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले नयाँ वर्षको पहिलो दिन दुर्लभ सत्र आयोजना गरेर रक्षा खर्च कोषमा राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको हो ।

संसदबाट भारी बहुमतले पारित भए पनि पनि ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको विधेयकको भिटोलाई अस्वीकार गर्दै रिपब्लिकनको बहुमत भएको सिनेटबाट पनि पारित भएको हो। सिनेटमा विधेयकको पक्षमा ८१ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभमा ट्रम्पको भिटोमा यसअघि नै मतदान भएको थियो । ७४० अर्ब डलरको यो विधेयक मार्फत आउँदो एक वर्षसम्म अमेरिकी रक्षा नीतिमा खर्च गरिने बताइएको थियो ।

अब केही हप्तामा पद छोड्न लागेका राष्ट्रपति ट्रम्पले यो विधेयकको केही प्रावधानमा विरोध जनाएका थिए ।

राष्ट्रपतिको भिटो अस्वीकार गर्न दुई तिहाई मत आवश्यक पर्छ। यसअघि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पनि ट्रम्पको भिटो अस्वीकार गर्दै पारित गरिसकेको छ।

अब यो विधेयक ट्रम्पको समर्थनविना नै कार्यान्वयनमा आउने छ। अमेरिकामा राष्ट्रपतिले भिटो प्रयोग गरेर अस्वीकार गरेको विधेयक संसदका दुवै सदनाबाट दुई तिहाई बहुमतले पारित भएमा राष्ट्रपतिको सहमतिविना कानुन बन्न सक्छ।

यो घटनाक्रम नयाँ कंग्रेसको शपथ लिनु दुई दिन अघि भएको हो । राष्ट्रपति ट्रम्पले अफगानिस्तान र यूरोपबाट अमेरिकी सैनिक हटाउनेको संख्या सीमित गर्ने नीतिको विरोध गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।