२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

आठ महिनामा ४० हजार मात्र राजश्व सङ्कलन

दार्चुला, ११ मंसिर । दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ ।

गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ । यस अवधिमा भारतबाट आयात भएका समानबाट ४० हजार राजश्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा तीन हजार २१७ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व सङ्कलन भएको थियो । छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ । भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ । यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ ।

विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन् । दार्चुलामा भारतसँग सीमा जोडिएका आधादर्जन बढी सीमा पुल वैधानिक रुपमा सञ्चालन भएको भए पनि भन्सार कार्यालय सदरमुकाम खलङ्गामा मात्रै छ । दार्चुलाको लाली, जोलजीवि, दत्तु, खलङ्गा, तिगरम र सीता पुल वैधानिक नाका हुन् ।

यो बाहेक तीन ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणाधीन छ । पुल निर्माण भए पनि भन्सार स्थापना हुन नसक्दा सदरमुकाम खलङ्गाबाहेकका नाकाबाट अवैध समान भित्रिने गरेको छ । दार्चुलाको मुल भन्सार कार्यालय अहिले पनि झुलाघाट बैतडी हो । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।