२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

स्तनपान लाई प्रभावकारि बनाउनुका लागि हामी सबैले सचेत हुन जरुरि

प्रत्येक वर्ष बिश्व का १२० भन्दा बढी मुलुक मा मनाइने विश्व स्तनपान सप्ताह यो वर्ष पनि नेपाल लगायत बिभिन्न मुलुक मा स्तनपान मैत्री कार्यस्थलको सुनिशिचतता सबै सरोकारवालाहरुको प्रतिबद्धता भन्ने मूल नारा का साथ स्तन पान सप्ताह मनाइरहेको छ । आमा दुधपान अमृत सामान भनेझै शिशुका लागि आमाको दुध सबै प्रकारका पोषण तत्वले बनेको हुन्छ ,विगत साढे दुई दशकमा नेपालमा पूर्ण स्तन पान दर झनै घटेको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्याङ्क सार्वजनिक गरेको हो। सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने अहिले घटेर ५६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।

नेपालमा पूर्ण स्तनपान सचेतनाका लागि स्तनपान सप्ताह कार्यक्रम देशव्यापी रुपमा मनाइँदै आएको छ। त्यसैगरी नेपालमा प्रजनन् दर आधाले घटेको तथ्याङ्कले देखाएको छ।

सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २.१ मा झरेको देखाएको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे। नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन्।

विगत साढे दुई दशकमा नेपालमा पूर्ण स्तन पान दर झनै घटेको तथ्याङ्क सार्वजनिक भएको छ। सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने अहिले घटेर ५६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।

नेपालमा पूर्ण स्तनपान सचेतनाका लागि स्तनपान सप्ताह कार्यक्रम देशव्यापी रुपमा मनाइँदै आएको छ।

शैक्षिक अवस्था को शिक्षितले कम स्तनपान र शिक्षा नभएकाले बढी प्रतिशत पूर्ण रूप मा स्तन पान गराएको छ यस का साथै आर्थिक अवस्था निम्न भएकाले बढी स्तनपान र आर्थिक अवस्था उच्च भएकाले कम प्रतिशत पूर्ण स्तन पान गरेको एनडिएच २०२२ को सर्भे मा उल्लेख छ र जुन कुरा को राम्रो सङ्ग खोज भइ सोई अनुसार नीति बन्नु जरुरी छ ।

शिशु जन्मे देखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।

यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।

🤱आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
🤱आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ ।
🤱आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ ।
🤱शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।
🤱स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।
🤱आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।

स्तनपानसम्बन्धी कानुनी व्यवस्था

–सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि अन्ठानब्बे दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।

–सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ ।

–हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ ।

–स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ ।

–स्तनपान र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्रीवितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरू ।

–प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवद्र्धन तथा स्थापित गर्न मातृशिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने छ ।

विकिपीडियाको सहयोगमा तयार पारिएको सामग्राी

लेखक :मदन राज पाण्डेय

(अजमेरु गाँउपालिकाका हे.अ. हुन भने हाल चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत केन्दीय जनस्वास्थ्य विभाग मा जनस्वास्थ्य का विद्यार्थी हुन्)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।