डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा १ भात्काडाँमा वि.सं २०५६ असार २ गते जन्मनु भएकी कविता भट्ट सानै देखि खेलकुद मा रुचि राख्थिन । उनले आफुलाई मन पर्ने खेलका रुपमा भलिबललाई नै अगाडि राखेकि थिईन । कविता भलिवल खेल्नै कै लागि गाँउमा कागजका बलहरु संग रम्ने गर्रर्थिन ।



उनले गाउँकै सरस्वति मा.वि भात्काडा बाट एस.एल.सि पास गरिन । पढाई सँगै खेल का लागि रुचि राखेर उनी २०७३ सालमा देशको राजधानी काठमाण्डौ हिडिन् । उनले त्यहा नेपाल आर्मिको आधारभुत तहको भलिबल तालिम गरिन् ।
उनी पढाई सँगै खेलमा पनि अगाडि निरन्तर लागि रहनि र उनलाई सफता मिल्दै गयो । उनी २०७५ सालमा नेपाल शसस्त्रको जवान पदमा जागिरे भइ काम गर्दै आईन , उनले आफ्नो मनमस्तिक रहेको भलिबल प्रतिको माया लाई निरन्तर दिईन र उनी नेपाल शसस्त्रको भलिवल टिममा रहेर देशका विभिन्न ठाउँमा खेल खेलिन कतै जित त कतै हार तर त्यो सबै नतिजा लाई उनले सिकाई कै रुपमा लिईन ।

नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्यो । १४ सदस्यीय टोलीमा यीनै डडेल्धुराका चेली कविताको नाम पनि सिफरिस भयो ।
भट्ट मिडल ब्लकर टोलीमा परेकी हुन् ।
कविता सानै देखि विद्यालयका खेलकुद प्रतियोगितामा सहभागिता जनाउथिन् । बधाई तथा शुभकामना कविता भट्ट ।
दिपकराज भट्ट ( डडेल्धुरा)

























