२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

लुम्बिनी र गण्डकीमा सरकारको दाबी गर्ने आज अन्तिम दिन, माओवादी र कांग्रेसबीचको विवादले दुवै प्रदेशमा अन्योल

काठमाण्डौ –  नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ ।

दुवै प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका कांग्रेस र माओवादीले सुरुमा आफ्नै नेतृत्व हुनुपर्ने अडान लिएपछि सरकार गठनमा समस्या देखिएको हो । दुवै प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो ।

आज दिउँसो ४ बजेसम्म बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरिसक्नुपर्नेछ । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढालेपछि माओवादीले सुरुमा कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । तर गण्डकीको विषयलाई देखाएर माओवादीले लुम्बिनीमा पनि कांग्रेसलाई समर्थन गर्न आनाकानी गरेको छ ।

लुम्बिनीमा कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने हो भने गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको अडान छ । तर कांग्रेसले दुवै प्रदेशमा पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने र त्यसपछि माओवादीलाई दिने बताएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् । यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ जना सांसदको समर्थन पर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।