डडेल्धुरा (दिपकराज भट्ट) – समाज परिर्वतन गर्नका लागि हरेक क्षेत्रमा अभियानताहरुले अभियानहरु गरिरहेका हुन्छ । देशभर बिशेष गरेर मानिसको जीवनशैली परिर्वतनका लागि गरेको हुन्छ तर डडेल्धुरा जन्म घर भई हाल महेन्द्रनगर बस्दै आएका बिस्नु पनेरु ले भने सडक पशुचौपायाको जीवन शैली परिर्वतन गर्ने अभियान चलाउदै आएका छन् । अनलाई न त समाजले चिनेकोछ त न त राजनितीक दलले नै तर उनी आफ्नो अभियानमा निरन्तर लागि परेका छन् । उनले यो अभियान चालेको ४ बर्ष बढि भएकोछ । उनले पशुचौपायाको उपचारका लागि होस वा व्यवस्थापनका लागि होस साहारा बनेकोछ फेसबुक । उनी फेसबुकमा सहयोगका लागि अभियान चल्छन र पो मनकारि दाताहरुले उनलाई सहयोग गर्छन ।
उनले आफु जस्तै मनहुने, काम गर्नेहरु का लागि ३ बर्ष अगाडि आई केयर यु नामक संस्था दर्ता पनि गरे उनले संस्था मार्फत पनि अभियान गरिरहेका छन् । उनी भन्छन म मेरो बिहानीको सुरुवात तिनै सडकमा रहेका पुशुचौपायाको उपचार बाट सुरु गर्छु । पशुचौपायहरु लाई सडकमा नछाडनका लागि सबैलाई हामी अपिल गर्दछौ ।
![]()






























