२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

२४ घन्टासम्म अनलाइनमा त्रिविको नतिजा आएन

काठमाडौं –त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७८ सालमा सञ्चालन गरेको ४ वर्षे बीएड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको २४ घन्टासम्म विद्यार्थीले हेर्न पाएका छैनन् ।

परीक्षा नियन्त्रण कार्यालयले विहीबार नै नतिजा सार्वजनिक भएको सूचना जारी गरेपनि २४ घण्टासम्म अनलाइनमा नतिजा अपलोड नगर्दा विद्यार्थीले नतिजा हेर्न नपाएका हुन् ।

एक वर्षपछि सार्वजनिक भएको भनिएको नतिजा हेर्न नपाउँदा मानसिक तनाव बढेको मिन्मा राई बताउँछिन् । मिन्मा भन्छिन् ‘एक वर्षपछि हिजो नतिजा आयो भन्यो तर अहिलेसम्म अनलाइनमा हेर्न पाएको छ ।’

विद्यार्थी प्रमिला बस्नेतले त्रिविको लापरबाही धेरै भएकाले सरकारले त्रिवि कर्मचारीहरु माथि छानबीन गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन् ‘लापरबाही अति नै छ । सकारले त्रिवि कर्मचारीहरु माथि निगरानी मात्रै होइन छानबिन नै गर्नुपर्छ ।’

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक डा. घनश्याम ठाकुर भने सिस्टम ह्याङ भएकाले समय लागेको जवाफ दिन्छन् । ‘हामीले हिजै नतिजा दिइसकेका छौं । किन भएन भन्दा सिस्टम ह्याङ भो भन्ने छ । अब त भयो होला । नभए केही घन्टा भित्रै भइहाल्छ’, उनी भन्छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।