काठमाडौं- सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सिद्धार्थ कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो ।



‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
Views: 495

























