२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

घर तर्छन्या मैना लै हो चैत

कविराज भट्ट

घर तर्छन्या मैना लै हो चैत

चैतका मैना जसेरि धर्तिमाइ वसन्त ऋतु आइबरे रुखुन पलाँ पलुनान, लेक बुरुँज फुल्लान, आरु, घङारु, किरमणा, मादुरो, काफल, मादुरो, कोइराल फुल्लान रे यो धर्ति न्यारी बेयली जसी धेकिन्छी उसेरी हमरि संस्कृतिमाइ लै एइ मैना घर तर्छिबरे न्याराइ टुकटुकाना बनाइबरे मालका मथिमाइ कलै लुनान । पैल्लि अफना ठौरका देप्तानका माणु तर्छिबरे पुइ अफना घर तर्छन्या काम चलन्छ ।

एइ ठौर पुराना दिनका पात्थरुन बठे बनायाका घर माटाका गाराले टालिबरे उइका भाइर कमेड़ रे राता माटाले तर्छन्या गद्दान । घर तर्छनाइ पल्लिबठे कमेड़की खानी झाइबरे बमेड़ लेइबरे तइ निक्करी सुकुनान रे तर्छन्या दिन पानीउनी भिजुनान । बाब्याका कुच्चानले घरका भाइल्ला भितल्ला बान्नान तर्छनान् । घरका भाइरबाटा मथिमुण आदा कमेड़ले तर्छिबरे तलिमुण राता माटाले तर्छेका घर न्याराइ धेकिनान । घर तर्छिबरे घरथपनाका दिन दिन पैट हेरिबरे गाइका गोबरका गोल डल्ला बनाइबरे मालका मथिबाटा तिनठौर लौनान रे तैका जौँका बाला गोबिबरे न्यारी कलै बनुनान । कलैमा अक्षता रे पिठ्या लै लुनान । बर्षमा एक्कैफेर भया लै एइ मैना पुरोइ घर तर्छितार्छि, लिपिघसी साप बनुनान । घर माइ छौछुत नपड्याका सपै मान्सु अफनो घर एइमैना नतर्छि नहन्या चलन भणाुकी संस्कृति थि हमरि ।

सापसपाइ त दिनदिनै हुन्छी रे पुराइ घर वर्षको एकफेर निक्करी साप गद्दाकि हमरा पुर्खानले यो संस्कृति बनाइदियो । हमरा पुर्खा कति ज्ञानी थ्या भण्या कुरा एइबडे था हुन्छ । हमरि संस्कृतिले हमलाई सापसुत्त्र ठौर बस्स पड़न्छ भण्या कुरडि सिकाइराखिछ । आजभोल हम सप यिन कुरडि़ भुल्लाइ झान्नारयु । जैले हमरि पछ्याण हरानि झान्ना छ ।
पश्चिमप्रेस बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।