२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

राहुल गान्धीको सांसद पद खारेज

चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजायको फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।

हिजो बिहीवार गुजरातको सूरत जिल्ला अदालतले कांग्रेस नेता गान्धीलाई दोषी ठहर गर्दै सजाय सुनाएको एक दिनपछि आज शुक्रवार संसद्को तल्लो सदनको कार्यालयले सांसद पद खारेज भएको निर्णय सुनाएको हो ।

राहुल गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद पदमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले ३० दिनका लागि जमानतमा हुनुहुन्छ र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताउनुभएको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।